काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका नागरिकको उद्धार गर्न सरकारसँग माग गरेका छन्।
पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारको व्यवस्था गर्न देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्। पहिरोका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउन उनले माग गरेका छन्। पीडितलाई उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग उनले अनुरोध गरेका छन्।
बिहीबार रातिको पहिरोमा परेर सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गएको छ भने कालिकोटमा ६ जनाले ज्यान गुमाएका छन्। देउवाले पहिरोमा परेर ज्यान गुमाएका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।