काठमाडौं– नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।
अंग्रेजी संस्करणको नयाँ नक्सा मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वीकृत गरेकी हुन्। नापी विभागले तयार गरेको नक्सालाई नाप नक्सा समितिबाट निर्णय गरी स्वीकृत गरिएको हो।
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरेको थियो। सोही नक्साको अंग्रेजी संस्करण शुक्रबार सार्वजनिक गरिएको हो।
अंग्रेजी संस्करणको नक्सालाई संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय जगतमा पुर्याउने मन्त्री अर्यालले जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।