काठमाडौं- नेकपाभित्रकाे विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ। यसअघि विवाद मिलाउन लगातार छलफलमा सहभागी महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा कार्यदलमा छन्। यस्तै कार्यदलमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाललाई पनि राखिएको एक नेताले बताए।
कार्यदलमा ओली निकटबाट पौडेल र पोखरेल छन् भने प्रचण्ड निकटबाट शर्मा र भुसाल, वरिष्ठ नेता माधवकुमार नेपाल निकटबाट पाण्डे र रावललाई राखिएको छ।
पार्टी विवाद समाधान गर्न बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले लगातार छलफल गरिरहेका छन्। शुक्रबारको बालुवाटार छलफलमा ओली र प्रचण्डसहित महासचिव पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदललाई समय नतोकिए पनि प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको सिनारियो के हुन्छ हेर्नुस् भनेकाले कार्यदलले आफ्नो कार्य छिट्टै पूरा गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।