काठमाडौं-सरकारले पाशुपत क्षेत्रकाे सुरक्षामा २० सैनिक खटाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको नयाँ गुरुयोजनामा सुरक्षाका लागि सेना पनि राख्ने प्रस्ताव गरिएकाे हो।
कोषले 'सय वर्षको सोच, ५० वर्षको तथ्यांक विश्लेषण र १० वर्षको कामको योजना' सहित नयाँ गुरुयोजना सार्वजनिक गरेको हो।
कोषले ३३ अर्ब रुपैयाँभन्दा बढी लागत अनुमानमा नयाँ गुरुयोजना अनुसार काम गर्ने लक्ष्य लिएको छ। गुरुयोजनमा सुरक्षातर्फ नेपाली सेनाका सहायक सेनानीको कमान्डमा २० जना सैनिक रहने उल्लेख छ। जसमा पदिकको कमान्डमा ५/५ जनाको पेरिमिटर गस्ती रहने र विशिष्ट व्यक्तिहरुको आगमनमा सुरक्षा दिइने उल्लेख छ।
यसैगरी, नेपाल प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना, पर्यटक प्रहरी तर्फबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जना, ट्राफिक प्रहरी तर्फबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जना र सशस्त्र प्रहरी बल तर्फबाट प्रहरी निरीक्षकको नेतृत्वमा ३० सुरक्षाकर्मी खटाउने गरी नयाँ गुरुयोजनामा सुरक्षा रणनीति तय भएको छ।
यस्तो छ सुरक्षा डियुटी विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।