काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महामन्त्रीका लागि दाबी गर्ने बताएका डा रिजालले ‘कम्प्रोमाइज’ गर्ने स्थितिमा उपसभापतिमा उम्मेदवारी दिने नेपाल लाइभसँग बताए।
उनले भने, ‘मैले उठ्न चाहेको महामन्त्री हो। कम्प्रोमाइज गर्न परे उपसभापतिमा उठ्छु नै।’ रिजाल उपसभापतिमा उम्मेदावारी घोषणा गर्ने पहिलो नेता हुन्। रिजालले संस्थापनइतर समूहको तर्फबाट उपसभापतिको दाबी गरेका हुन्।
संशाेधित विधानले निर्वाचित दुई महामन्त्री हुने व्यवस्था गरेको थियो। अघिल्लो विधानमा भने मनोनित एक उपसभापतिको व्यवस्था थियो। सभापति शेरबहादुर देउवाले उनी निकट विमलेन्द्र निधिलाई उपसभापति मनोनित गरेका थिए। कांग्रेसमा पार्टी विलय गराएका विजय गच्छदारलाई राजनीतिक निर्णयको आधारमा उपसभापतिको जिम्मेवारी दिइएको थियो।
१४औं महाधिवेशनकाे फागुन ७ देखि १० सम्मका लागि समय निर्धारण गरिएको छ। महाधिवेशनको कार्यतालिका अनुसार संगठन समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण नटुंगिएकाले तोकिएको मितिमा महाधिवेशन नहुने निष्कर्षमा शीर्ष नेताहरु पुगिसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।