काठमाडौं– नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई बेवास्ता गर्दै विद्यार्थीलाई फसाउन लागिएको संघले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाइएको संघले जनाएकाे छ।
साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराइएको संघको आरोप छ। त्रिविमा तोडफोडको आरोपमा प्रहरीले सम्झना खत्री, श्यामराज ओझा, हार जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत ८ जनालाई नियन्त्रणमा लिएको थियो।
सत्ताको आडमा झुठा मुद्दा लगाएर संघका विद्यार्थीलाई फसाइएको अध्यक्ष राजीव ढुङ्गानाले बताए। त्रिविमा धर्मकान्त बाँस्कोटा उपकुलपति बनेपछि प्राज्ञिक थलोलाई नेकपा कार्यकर्ताको भर्तिकेन्द्र बनाएको संघले आरोप लगाएको छ।
कोरोना प्रभावितलाई उचित स्वास्थ्य सेवा तथा मृत्यु भएकालाई क्षतिपूर्तिको माग गर्नेलाई वीरगञ्जमा पक्राउ गरिएको घटनाको संघले आपत्ति जनाएको छ। साउन २६ मा विरोध प्रर्दशनमा उत्रेका संघका कार्यकर्तालाई पक्राउ परेका थिए। रिहा भएका विकाश तिवारीलाई बुधबार पुनः प्रहरीले पक्राउ गरेको थियो। तिवारीलाई रिहा गर्न संघले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।