काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कास्कीको लुम्लेमा ३ घण्टादेखि भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त क्षेत्रमा थप वर्षा भइरहेकाले साना खोलामा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
हाल देशभर समान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको जनाइएको छ।
आज दिउँसो बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।