विराटनगर- बिहीबार एकैपटक विराटनगर महानगरमा ५९ जनामा संक्रमित पुष्टि भएपछि महानगरपालिकाले जारी लकडाउन एक साता थप गर्ने निर्णय गरेको छ। गत साउन १६ गतेबाट सुरु भएको लकडाउनको अवधि शुक्रबार सकिँदैछ। शुक्रबार रातीबाट लागू भई भदौ १२ बजे समाप्त हुने गरी लकडाउन थप गरिएको मेयर भिम पराजुलीले बताए।
बिहीबार महानगरपालिकामा बसेको बैठकले लकडाउनलाई भदौ ५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको मेयर पराजुलीले बताए। संक्रमण बढ्दै गएकाले केहीसमय थप सुरक्षित घरमै बस्न आग्रह गर्दै लकडाउन बढाइएको बताए।
बैठकमा महानगरले बैजनाथपुरस्थित क्वारेन्टिनलाई ७० बेडको आइसोलेसनमा रुपान्तरण निर्णय गरेको पनि उनले बताए।
त्यस्तै संक्रमितको संख्या वढ्दै गएकाले पिसिआर परिक्षणका लागि महानगरले मेसिन खरिद गर्ने निर्णय भएको उनले जानकारी दिए। महानगरमा ४ सय १४ जना संक्रमित पुष्टि भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।