काठमाडौं–‘हाम्रो पात्रो’ ले गुगलको प्लेस्टोरमार्फत् ‘हाम्रो किबोर्ड’ को नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणमा भ्वाइस टाइपिङ र आफ्नो डिभाइसको स्क्रीन साइजअनुसार किबोर्ड साइज परिवर्तन गर्नसक्ने २ वटा महत्वपूर्ण फिचर समावेश छन्।
यसले प्रयोगकर्तालाई अझ सजिलो बनाइदिने विश्वास ‘हाम्रो पात्रो’ ले गरेको छ। ‘हाम्रो किबोर्ड’ हालसम्म ५० लाखभन्दा बढीपटक डाउनलोड भइसकेको जनाइएको छ।
‘प्रयोगकर्ताको आवश्यकता हाम्रो सधैं प्राथमिकतामा रहनेछ,’हाम्रो पात्रोका प्रमुख कार्यकारी शंकर उप्रेतीले भने, ‘भ्वाइस टाइपिङ फिचर समावेश गरिएपछि अब प्रयोगकर्ताले फोनमा बोलेर नै नेपाली लेख्न सक्नेछन्, यसले किबोर्ड लेआउट थाहा नभएकाहरुले पनि नेपालीमा टाइप गर्न सक्नेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।