सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको बाढीपहिराे पीडितलाई चीनले सहयोग गर्ने भएको छ। चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल चार सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो।
सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बाढीपीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनकाे विशेष पहलमा सो सामग्री दिन लागिएको हो।
भोटेकोसी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए। केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ। यी खाद्य सामग्रीले बाढीपहिराेबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।