काठमाडौं-जल तथा मौसम विभाग विभाग माैसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरेकाे छ । तर, केही प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
न्यूनचापीय रेखा दक्षिणतिर सरेकाले लगातार पानी पर्ने र भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। ‘हामीले ५० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई भारी वर्षा भन्छौं। त्यो अवस्था केही प्रदेशका एक/दुई स्थानमा हुने देखिन्छ’ पौडेलले भने, ‘ त्यस अवस्थाबाहेक देशैभर हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ।’
मनसुनको समय भएकाले पानी पर्ने र घाम लाग्ने निरन्तर भईरहने पौडेलले बताए। बिहीबार देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।