काठमाडौं–कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको जनाउँदै बुटबल उपमहानगरपालिकाले नगरक्षेत्रमा आजदेखि लकडाउन गर्दैछ। राति ११.४५ बजेदेखि सुरु हुने लकडाउन भदौ ५ गते राति ११.४५ बजेसम्म कायम रहने जनाइएको छ। बुटबल उपमहानगरको कार्यपालिका बैठकले भदौ ५ सम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।
यसअनुसार खाद्य किराना, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूलको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान ७ बजदेखि ११ बजेसम्म खोल्न पाइनेछ भने दुध बिहान ७ बजदेखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म ढुवानी तथा वितरण गर्न पाइने छ। यस्तै, स्वास्थ्यसेवासम्बन्धी सबै कार्य र सोका लागि प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ, त्यसका लागि परिचयपत्र अनिवार्य गरिएको छ।
बैंक तथा वित्तिय संस्था, सहकारी संस्थाहरुले तालिका बनाइ नगरपालिकाको स्वीकृतिमा मात्र खोल्न पाउनेछ, जसका लागि बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।