एजेन्सी–ब्राजिलमा एकै दिन ५५ हजारभन्दा बढी संक्रमित थपिएका छन्। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५५ हजार १ सय ५५ संक्रमित थपिएका हुन्। बुधबार २४ घण्टामा त्यहाँ १ हजार १ सय ७५ जनाको मृत्यु भएको छ।
ब्राजिलमा हालसम्म ३१ लाख ९ हजार ६ सय ३० जना संक्रमित भइसकेका छन् भने १ लाख ३ हजार २६ जनाको मृत्यु भएको छ।
यसैबीच, ब्राजिलको साओ पाउलोका गभर्नर जोओ डोरिया कोरोना संक्रमित भएका छन्। उनले बुधबार ट्वीटरमार्फत् यो घोषणा गरेका हुन्। कोरोना संक्रमित हुनेमा उनी ब्राजिलका ११ औं गभर्नर हुन्। यसअघि ब्राजिलका १० राज्यका गभर्नरलाई कोरोना संक्रमित पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।