एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४ लाख ६१ हजार ७ सय ७२ पुगेको हो। हालसम्म संक्रमणका कारण ७ लाख ४५ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने निको हुनेहरुको संख्या १ करोड २७ लाख ६ हजार ४० छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९१ हजार ६ सय ८९ पुगेको छ भने १ लाख ६५ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ३१ लाख ९ हजार ६ सय ३० संक्रमित र १ लाख ३ हजार २६ जनाको मृत्यु, भारतमा २३ लाख २९ हजार ६ सय ३८ संक्रमित र ४६ हजार ९१ को मृत्यु, रुसमा ९ लाख ७ सय ४५ जना संक्रमित र १५ हजार २ सय ३१ मृत्यु तथा मेक्सिकोमा ४ लाख ९२ हजार ५ सय २२ संक्रमित र ५३ हजार ९ सय २९ को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।