काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता नेपालमा ८ कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा १३८ संक्रमित सहित बुधबार थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो
२) परीक्षा नलिइकन अनलाइन मार्फत उपल्लो कक्षा पढाउने त्रिभुवन विश्वविद्यालयको निर्णय, जनजीवन सामान्य भएपछि अघिल्लो कक्षा र सेमेस्टरको परिक्षा लिइने
३) आफैँले अध्ययन गरेर तयार गरेको सरकारी सवारी सञ्चालन मापदण्ड प्रतिवेदन अर्थले लुकायो, गाडी नै नपाउने र सुविधा खोसिने भएपछि उपसचिवहरूको दबाब
४) अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनद्वारा उप–राष्ट्रपतिको उम्मेदवारमा कमला ह्यारिसको नाम घोषणा, बनिन् पहिलो अश्वेत र एसियन अमेरिकी महिला उम्मेदवार
५) र, २०२२ मा कतारमा आयोजना हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपका छनोट खेलहरु स्थगित, रोकिएको खेल २०२१ मा हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।