काठमाडौं– विशेष अदालत काठमाडौंले काेराेना महामारीलाई ख्याल गर्दै केही सेवामा सकुचन ल्याएकाे छ ।
बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य सुनुवाई भदौ १५ गतेसम्मका लागि स्थगित गरेको छ। कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै अदालतले हाल प्रदान गर्दै आएको सेवा स्थगित गरेको जनाएकाे हाे।
यअसघि विशेषले पेशी स्थगित गर्ने निर्णय गरेको थियो। वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले बन्दीबाहेकका सबै सेवा १५ गतेसम्मका लागि स्थगित भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेलले बताए।
अदालतले यो अवधिमा धरौटी फिर्ता गर्ने, मुद्दा दर्ता, तारेख बुझ्ने, थुना मुद्दाको पेशी गरी सुनुवाई गर्ने मात्र काम गर्ने पाण्डेयले बताए।
विशेषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गर्दछन्। अख्तियारमा ४१ जनामा संक्रमण देखिएकाे छ। त्यस्तै सुरक्षाकर्मीमा पनि ठूलो संख्यामा कोरोना संक्रमण देखा परेको छ। सुरक्षाकर्मीमा पनि संक्रमण देखापरेपछि अदालतमा सेवाग्राही र कर्मचारीमा समेत संक्रमण हुनसक्ने भन्दै विशेषले सेवाहरुलाई स्थगित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।