• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्व सञ्चारमन्त्री बस्नेतका बाबुको मृत्यु भएको ५ दिनपछि कोरोना पुष्टि, गाउँभरि त्रास

बस्नेत भन्छन्, ‘अस्पतालकै अनुमतिमा शव लगेको हुँ’
64x64
नेपाल लाइभ बुधबार, साउन २८, २०७७  १३:३९
1140x725

काठमाडौ–पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय बाबु खड्गबहादुर बस्नेतको यही साउन २२ गते राति पौने १२ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भयो। निधनपछि शव अन्तिम संस्कारका बाह्रबिसे लगियाे। बस्नेतका बाबु पञ्चायती शासनविरुद्ध गाउँ जागरणमा सहभागी भएको व्यक्तित्व भएकाले पनि अन्तिम संस्कारमा धेरै मानिस सहभागी  भए। बस्नेत हिन्दु परम्पराअनुसार किरियामा बसे। 

किरिया कर्म चलिरहेकै समयमा साउन २७ गते स्वर्गीय बस्नेतको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको खबर शिक्षण अस्पतालबाट आयो। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् पनि जानकारी गरायो। 

अस्पतालबाट शव लैजाने समयमै बस्नेतले कोरोना परीक्षण भएकाे बारे र शव लैजान मिल्ने या नमिल्नेबारे जिज्ञासा राखेका थिए। तर मृत्यु भएको रात नै शव लैजान अस्पतालले दबाब दिएको बस्नेत परिवारको दाबी छ। 

‘दुवै मिर्गौलामा आएको खराबीका कारण बुबाको मृत्यु साउन २२ गते भएको थियो,’बस्नेतले भने, ‘उपचारमा संलग्न स्वास्थ्य टिमले तुरुन्त शव निकाल्नु भन्दाभन्दै हामीले भोलिपल्ट बिहान ७ बजेमात्र शव निकालेका थियौं।’  

शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा गरिएको पिसीआर नेगेटिभ देखिएको थियो। पहिला उपचारपछि घरमै आराम गरिरहेका बेला अचानक  स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको बस्नेतले बताए। त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएका थिए। 

‘अस्पतालले नै हामीलाई लैजान अनुमति दिएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं,’ बस्नेतले भने, ‘दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारीपछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा मेरो कुनै कमजोरी छैन।’ 

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बाह्रबिसेका ८४ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको बताएको थियो। 
अस्पताल स्रोतले कोरोना परीक्षणको रिपोर्ट नआउँदै शव लगेको बताएपछि मृतकको परिवारकातर्फबाट बस्नेतले सामाजिक सञ्जालमार्फत् घटना विवरण सार्वजनिक गरेका हुन्।   

Ncell 2
Ncell 2
nimb
nimb

बाह्रबिसे नगरपालिका शिल गरियो, परिवारको स्वाव संकलन, अन्यको पनि संकलन गरिँदै 
कोरोना पुष्टि भएको घटनाले दाहसंस्कारमा गएका नातागोता, आफन्त र शुभचिन्तक पनि अन्योलमा परेका छन्। बाह्रबिसे नगरपालिकाले नगरका केही वडा र क्षेत्रलाई सिल गरेको सूचना सार्वजनिक गरेको छ। वुधबारबाट कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिने भएको छ।

मंगलबार स्वास्थ्य कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोलीको आकस्मिक बैठक बसी मृतकको सम्पर्कमा आएका व्यक्तिको खोजपड्तालको कार्य अघि बढाइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए।

चापागाईका अनुसार सुरुमा शवलाई प्रत्यक्ष छोएका मानिसहरुको स्वाब संकलन गरिएको छ। पहिलो चरणमा शव काठमाडौंबाट बाह्रबिसे ल्याउँदा र त्यहाँ दाहसस्कारको समयमा प्रत्यक्ष छोएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रत्यक्ष सम्पर्क भएका व्यक्हिरुमा कोरोना संक्रमण देखिएमात्रै अन्य व्यक्तिहरुको स्वाब संकलन गरिने चापागाइैंले बताए।  

उपमेयर सुशीला पाख्रिनले पहिलो चरणमा बुधबार मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यहरुको स्वाब संकलन कार्य भएको र पहिलो चरणको रिपोर्टका आधारमा दोस्रो चरणको संकलन हुने भएकाले  रिपोर्ट आउने समयसम्म धैर्य गरिदिन आग्रह गरिन्। 

‘त्यसदिन दाहसंस्कार र समवेदना प्रकट गर्न जानु हुनेहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन हुने भएकाले मृत्यु संस्कारमा र समवेदना प्रकट गर्न जानुहुने सबैलाई संयमित भई सुरक्षित साथ घरैमा होम क्वारेन्टाइनमा बसिदिनु हुन आग्रह गर्छु,’ उनले भनेकी छन्। 
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्