काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा हालसम्म ८३ कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा १३४ संक्रमित सहित मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो
२) लगानी बोर्डका सिइओ सुशील भट्टलाई काम गर्न उच्च अदालतले लगायो रोक, गम्भीर सवैधानिक कानुनी प्रश्न भन्दै एमिकस क्युरी मगाउने आदेश
३) उपत्यकामा बन्ने चार ‘स्मार्ट सिटी’मध्ये ३ वटाको मात्रै डिपिआर स्वीकृत, ललितपुर असन्तुष्ट हुँदा रोकियो, ५ अर्ब लाग्ने अनुमान
४) बेरुत विस्फोटनमा नैतिकता देखाउँदै लेबनानका प्रधानमन्त्रीसहित सबै मन्त्रीले दिए राजीनामा, राजीनामा राष्ट्रपतिलाई बुझाइयो
५) फुटबलमा बन्द प्रशिक्षणको तयारी सकियो, खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन, रिपोर्ट बिहीबार मात्र आउने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।