चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा राेक लगाएकाे जनाएकाे छ।
काेराेना संक्रमणकाे जाेखिम बढेकाे भन्दै प्रशासनले सवारी आवागमन र हिंडडुलमा राेक लगाएकाे हाे। याे नियम बुधबारदेखि लागू हुने प्रशासनले जनाएकाे छ।
अन्य जिल्लाबाट लुकीछिपी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरुको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। तर, लामो दूरीका सवारी साधनलाई भने नरोकिने प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।