काठमाडौं– नेपाल विद्यार्थी संघले शिक्षा मन्त्रालयले लाचार, निरीह र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएको छ। पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतका पदाधिकारीको नियुक्तिको माग गर्दै आन्दोलनरत नेविसंघका मागमा सुनुवाई नभएको संघले जनाएको छ।
गत २० दिनदेखि संघका कार्यकर्ता पोखरा विश्वविद्यालयमा अनशनरत छन्। पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि पदाधिकारीविहिन छ।
त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत बिएस्सी एजीको आठौं सेमेष्टर परीक्षा समयमा नभएको संघले जनाएको छ। वैकल्पिक परीक्षा प्रणाली अपनाई बिएस्सी एजीको परीक्षाफल सार्वजनिक गर्न संघले माग गरेको छ।
वीरगञ्जमा प्रदर्शनका क्रममा गिरफ्तार गरिएका संघका कार्यकर्ता रिहा गर्न अध्यक्ष राजीव ढुङ्गानाले माग गरेका छन्। विकाश तिवारी, मनोज साह र शिष हजारा वीरगञ्जमा विरोध प्रर्दशन गर्दा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।