काठमाडौं–आन्तरिक तथा बाह्य उडान भदौ १६ गतेबाट मात्र खुल्ने भएको छ। दुवै खालका उडान भदौ १ बाट खुला गर्ने भनिएकोमा कोरोना संक्रमण बढेको जनाउँदै भदौ १६ बाट मात्र खुला गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले सेप्टेम्बर १ (भदौ १६) बाट आन्तरिक तथा बाह्य उडान खुला गर्ने सिफारिस गरेको थियो। यसअघि साउन ५ को मन्त्रिपरिषद् बैठकले भदौ १ बाट आन्तरिक तथा बाह्य उडान सुरु गर्ने निर्णय गरेको थियो।
सरकारले चैत ११ गते लकडाउन गरेपछि आन्तरिक तथा बाह्य उडान बन्द छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।