एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ हजार १९ पुगेको हो। हालसम्म कोरोना संक्रमणका कारण ७ लाख ३३ हजार ८ सय ९७ जनाको मृत्यु भइसकेको छ भने १ करोड २२ लाख ९ हजार ७४ जना निको भइसकेका छन्।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५० लाख नाघेको छ। त्यहाँ ५० लाख ८५ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने १ लाख ६३ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ।
यस्तै, ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७० संक्रमित र १ लाख १ हजार ७ सय ५२ को मृत्यु, भारतमा २२ लाख १५ हजार ७४ संक्रमित र ४४ हजार ३ सय ८६ को मृत्यु, रुसमा ८ लाख ९० हजार ७ सय ९९ संक्रमित र १४ हजार ९ सय ७३ को मृत्यु र दक्षिण अफ्रिकामा ५ लाख ६३ हजार ५ सय ९८ संक्रमित र १० हजार ६ सय २१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।