काठमाडौं-लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टविरुद्ध रिट दायर भएको छ। अधिवक्ता जयबहादुर भुजेलले भट्ट नियुक्तिको निर्णय कानुनबमोजिम नभएको दावी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्।
गत सोमबारको मन्त्रिपरिषदले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनाेट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो।
भुजेलले कालोसूचीमा परेको व्यक्ति नियुक्तिका लागि योग्य नहुने रिट निवेदनमा दावी गरेका छन्।
भट्टले बोर्डमा काम थालिसकेका छन्। भट्टविरुद्ध रिट दायर भएको उच्च अदालत पाटनका रजिष्टार बाबुराम दाहालले पुष्टि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।