काठमाडाैं- नेपाल खानेपानी संस्थान बुटवल रुपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साह स्राेत नखुलेकाे साढे १० रुपैयाँसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई धादिङकाे धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोलाबाट आइतबार पक्राउ गरेकाे हाे। साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस लिई काठमाडाैं आउँदै गरेकाे सूचनाका आधारमा खटिई गएकाे अख्तियारकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे।
खानीखाेेलामा उनी सवार संस्थानको लु१ञ ९५ नं. को गाडी चेकजाँच गर्दा स्राेत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा जम्मा गरेको बैंक भौचर ८ लाख २२ हजार बराबरको रकम बरामद भएकाे अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।