संक्रमणमुक्त भएपछि मास्कविना समर्थकको भीडलाई भेट्दै ब्राजिलका राष्ट्रपति एजेन्सी-ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार त्यहाँ १ लाख ४ सय ७७ जनाको मृत्यु भएको हो।
ब्राजिलमा संक्रमितको संख्या ३० लाख ३५ हजार ४ सय २२ पुगेको छ भने २३ लाख २१ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्।
कोरोनाका कारण ५० हजारको मृत्य हुन ३ महिना लागेको थियो। तर ५० दिनमै यो संख्या दोब्बर भएको हो। संक्रमण तीब्र भइरहेका बेला ब्राजिलमा पसल तथा रेष्टुँराहरु भने खुलिसकेको छ।
राष्ट्रपति जायर बोल्सोनारो आफैं संक्रमित भएर निको भए पनि राज्यका गभर्नरहरुले संक्रमण न्यूनीकरणका लागि लगाएका प्रतिबन्धहरुको विरोध गर्ने गरेका छन्। ठाउँ–ठाउँमा आफ्ना समर्थकहरुको भीडलाई विना मास्क भेट्ने गरेका छन्।
बोल्सोनारोको कोभिड नीतिको विरोध जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व एक सैनिक जनरलले लिएका छन्, जसलाई जनस्वास्थ्यबारे कुनै अनुभव छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।