काठमाडौं- सोलुखुम्बुको चोकर्मा हिमताल फुटेको छ। सोलु दूधकुण्ड गाउँपालिकामा पर्ने हिमताल शुक्रबारदेखि फुटेको हो।
सोलु दूधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाका अनुसार हिमताल फुटेर खोलामा पानीको बहाव बढेको छ। ताल कति फुटेको र अवस्था के छ? भन्ने विषयमा विस्तृत विवरण आएको छैन। 'हामीले बुझ्न खोजेका छौँ, तर मौसमले साथ नदिएका कारण त्यहाँ पुग्न सकेका छैनौँ,' मेयर शेर्पाले भने।
यो हिमताल सोलुखुम्बुको सल्लेरीबाट ३० कोष उत्तरपूर्वमा पर्ने उनले बताए। तालको नजिक रहेका बस्तीहरू रिङ्मु, बेनी र ब्यासीमा असरपर्ने अनुमान गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।