डडेल्धुरा-श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका ३ की अन्दाजी ३८ वर्षीया महिला डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्।
तर डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकाेमा सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनकाे कोरोना परीक्षण गरिने भएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मृतकको आज स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए।
ती महिला धनगढी उपमहानगरपालिका ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।