सिन्धुपाल्चाेक- अविरल वर्षापछि आएकाे पहिराेले मेलम्ची नगरपालिका १० शिखरपुरका १५ घर जोखिममा परेका छन्। स्थानिय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुन्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहितका १५ घर पहिरोकाे जोखिमा परेका हुन्।
'अविरल वर्षा हुँदा घर बगाउँछ कि भनेर हामी रातभर जागा बस्न थालेका छौ,' स्थानीय राजु दाहालले भने, 'आँगन पहिरोले लगिसक्यो घर कुन दिन लैजाने हो?' घरमा जोखिम मोलेर बस्न बाध्य भएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नगरसँग सम्पर्क गरी टेन्ट, पाललगयात सहयोग गर्न सकिने बताए। उउनले नगरले जोमिख रहेको बस्ती अनुगमन गरी रिपाेर्ट दिएपछि अन्य कदम चालिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।