काठमाडौं–कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि ‘इनफ इज इनफ’ अभियन्ता ‘ई’ ले २३ दिनपछि आमरण अनशन तोडेका छन्।
कोरोना भाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै उनी २३ दिनदेखि आमरण अनशनरत थिए।
सहमतिअनुसार कोभिड १९ को संक्रमण पत्ता लगाउन प्रयोगशाला परीक्षणका लागि आरटिपिसीआर विधि प्रयोग गर्ने र विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न योग्य भएको खण्डमा द्रुत गतिमा गरिन एन्टिजेन परीक्षणको प्रयोग गरिनेछ ।
यस्तै परीक्षणको संख्या बढाउन आवश्यकताअनुसार प्रयोगशाला सामग्री र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था पनि सरकारले सहमति जनाएको छ। सरकारले पिसीआर परीक्षणको नतिजा पनि यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तो छ सहमति
यसअघि पनि ई र अर्का अभियन्ता पुकार बम अनसन बसेका थिए। कोरोना भाइरसविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा उत्रिएका अभियानका युवाहरु र सरकारबीच असार २२ मा काेराेनाकाे जोखिममा रहेका सबैकाे राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने सहमति भएकाे थियाे। साे बेला सरकारसँगको वार्तामा १२ बुँदे सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।