कैलाली-कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। टीकापुर नगरपालिका ९ र ६ का युवाबीच झडप भएको हो।
उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको टीकापुर प्रहरीले जनाएको छ। दुई समूहले एक-अर्कालाई धारिलो हतियारले प्रहार गरेका छन्। टीकापुर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समूह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलबाट प्रहरीले टीकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।