काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कैलाली, कञ्चनपुर र बर्दियाका अधिकांश स्थानमा अति भारी वर्षा भएकाले टीकापुर र आसपास डुबानको उच्च जोखिममा रहेको जनाएको छ।
यस्तै, कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन पनि महाशाखाले राति नै एसएमएस पठाएको छ। ती क्षेत्रमा थप वर्षा हुने भएकाले सतर्क रहन पनि आग्रह गरिएको छ।
हाल देशभर मनसुनी बादल विकसित भइ प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र तट्याङसहित वर्षा भइरहेकाले त्यसबाट हुने जोखिमबाट बच्न पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।