एजेन्सी–भारतमा संक्रमितको संख्याले पुनः रेकर्ड बनाएको छ। शनिबार २४ घण्टामा ६५ हजार १ सय ५६ संक्रमित थपिएका हुन्, जुन एकै दिन धेरै संक्रमित थपिएको अहिलेसम्मकै रेकर्ड हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या भारतमा २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ। शनिबार ८ सय ५७ जनाको मृत्यु भएको छ।
शनिबार संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन्। त्यहाँ १२ हजार ८ सय २२ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतभर निको हुनेको संख्या १४ लाख ७९ हजारभन्दा बढी छ। निको हुने दर ६८ दशमलब ३२ छ भने मृत्युदर २ दशमलब ०४ प्रतिशत छ। भारतमा हालसम्म २ करोड ३३ लाख ८७ हजार १ सय ७१ नमुना परीक्षण गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।