रुपन्देही- रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ स्थित डन्डा खोलामा साउन पुलबाट हाम्फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। स्थानीय २७ वर्षीया एक महिलाको एपिएफ टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो।
ती महिलाले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो।
उनलाई आवश्यक उपचारका लागि भिम अस्पताल भैरहवा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।