• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

सफलताको कथा : खाडीदेखि कोरियासम्म श्रम बेचेका गजेन्द्र नेपाल फर्केपछि बने अधिकृत

64x64
शिव भुसाल शनिबार, साउन २४, २०७७  १५:३५
1140x725

सरकारी सेवामा प्रवेश गर्नु, धेरै नेपाली युवाको सपना हुन्छ। त्यही सपना पूरा गर्न अहिले पनि लाखौँ युवा कडा मेहनतका साथ लोकसेवा तयारी गरिरहेका छन्। लाखौंले लोकसेवामा परीक्षा सामना गर्छन्। सीमित परीक्षार्थीले परीक्षाफल आफ्नो पक्षमा पार्छन्। 

वर्षौँको कडा मेहनतबाट लोकसेवाको नतिजा आफ्नो पक्षमा नआएपछि इलाम फाकफोकका गजेन्द्र भट्टराईले जिन्दगीको बाटो मोडे। खाडी मुलुक पुगे। खाडीबाट फर्केपछि धेरै कमाउने अभिलाषामा दक्षिण कोरिया पुगे। खाडीदेखि कोरियासम्म गरी विदेशमा आठ वर्ष कडा श्रम बेचेका भट्टराई निजामति सेवामा प्रवेश गरेका छन्। खाडी र कोरियाको श्रमले उनलाई परिणाम निकाल्नलाई कडा श्रम चाहिने सिकाएको थियो। 

पढाइ चटक्कै छाडेर विदेश गएका उनले निजामतिप्रतिको आशक्तिमा कमी हुन दिएनन्। फलतः स्वदेशी भूमिमा नै  रमाउने अवसर प्राप्त गरे। ईलामको फाकफोक गाउँमा जन्मिएका उनले त्यहीँको सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनमा  पढेरै केही गर्ने सोँच भए पनि निम्नवर्गीय पारिवारिक पृष्ठभूमिका कारण प्रमाणपत्र तहको अध्यययनलाई बीचैमा छाडेर खाडी मुलुक हानिनुपरेको उनले सुनाए। 

मध्यपूर्वको देश साउदी पुगेका उनले त्यहाँ ३२ महिना श्रम गरेर केही आर्थिक जोहो गरे। खाडी पुगेका बेला उनलाई बीच बाटोमै रोकिएको अध्ययनप्रति पश्चाताप भइरहन्थ्यो। स्वाध्ययनको क्रमलाई साउदीको तातो घाममा सेलाउन दिएनन्। 

स्वदेश फर्किएपछि पुनः अध्ययनलाई निरन्तरता दिएका उनले प्रमाणपत्र तह हुँदै विसं. २०६९ सालमा ताहाचल क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक तहको अध्ययन सके। त्यसपछि लोकसेवाको तयारी गर्ने सोचमा उनी थिए। लोकसेवाको तयारी भन्दा कोरियाको कमाइकाे सोंच मनमा हाबी भइदियो। आर्थिक उपार्जनको बलियो बाटो खोजेका उनले दोश्रो बाटो कोरिया बन्न पुग्यो। 

भाषा परीक्षा उत्तीर्ण गरेर २०७० सालमा कोरिया प्रवेश गरेका उनले कोरियामा अत्यन्तै कडा श्रम गर्नुपर्ने अवस्थामा बन्यो। समय र कामको महत्त्व कोरियाबाट थप बुझ्ने अवसर पाए। मोटरपार्टस् कम्पनीमा दैनिक १५ घण्टाभन्दा बढी  काम गर्नुपर्ने भएकाले त्यहाँ बसुन्जेल स्वाध्ययनमा समय दिन नसकेको सुनाए। 

कोरियामा ४ वर्ष १० महिना काम गरी स्वदेश फर्किए। लोकसेवाको तयारी गरेर सफलता हात पार्न सकिन्छ भन्नेमा उनमा प्रारम्भिक समयमा कमै विश्वास थियो। लोकसेवातिर नलागेर व्यवसाय गर्ने सोच पनि थियो। देश काल बुझेपछि लगानीका लागि उपयुक्त समय होइन भन्नेमा पुगे। पुरानै उद्देश्यमा फर्के। उही लोकसेवाको परीक्षा। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई लोकसेवामा सफलता प्राप्त हुन्छ भन्नेमा अत्यन्तै न्यून आशा थियो, त्यसैले एकपटक हेर्छु भएन भने कोरियन भाषा पढेर पुनः कोरिया नै जान्छु भन्ने सोँच बनाएको थिएँ,’ उनले भने। अत्यन्तै छोटो समयमा पनि कडा मेहनतका साथ गरिएको अध्ययनका कारण आफूले सफलता प्राप्त गरेको उनले बताए। 

अधिकृत पदमा खुलातर्फ २० जनाको कोटा रहेकोमा नवौँ नम्बरमा उनको नाम निस्किएको थियो। उनी कोरियामा काम गर्दा मेहनत अनुसारको कमाई हुने भएपनि कोरियाली रोजगारदाताबाट भने अत्यन्तै तल्लो स्तरको व्यवहार वा हेपाई सहनुपर्ने अनुभव सुनाउँछन्। 

‘कोरिया रोजगारीमा जाने अधिकांश नेपाली युवाहरु यहाँका शिक्षित बेरोजगार हुन्। उनीहरुसँग एकेडेमिक सर्टिफिकेट भएर पनि स्वदेशमा रोजगारीको अभावमा त्यहाँ पुग्ने गर्दछन्। त्यसैले एउटा शिक्षित युवाका लागि कोरियाले महत्वपूर्ण पाठ सिकाउँछ,' नेपाल लाइभसँगको कुराकानीका उनले भने। 

भट्टराई हाल सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा शिक्षा अधिकृतको रूपमा सेवारत छन्। 

एउटा विपन्न परिवारमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गरेको सामान्य व्यक्ति वर्षौंसम्म विदेशिएर श्रम बेचेकाहरूका लागि लागि सरकारी निकायमा प्रवेश गर्न चाहनेहरूका लागि प्रेरणा र उदाहरण बनेका छन् उनी। 

आर्थिक स्थितिका कारण पढाईलाई चटक्कै छाडेर विदेशिनु परेका नेपाली युवाका लागि एउटा ऊर्जा बनेका छन् गजेन्द्र। खाडीदेखि कोरियासम्म अर्काको देशमा पसिना बगाउन भौतारिँदाको पीडा सुनाउँदै उनी थप्छन्, 'त्यहाँ दुर्व्यवहार सहेर काम गर्नुपर्दथ्यो। यहाँ आफ्नै देशमा छु। इज्जतका साथ काम गर्न पाइएको छ।'  

भट्टराई हाल सरकारी सेवासँगसँगै समाजशास्त्र विषयमा स्नातकोत्तरको अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। इच्छाशक्ति भएमा जति लामो समयसम्म पढाइ रोकिए पनि त्यसलाई निरन्तरता दिएर सफलता प्राप्त गर्न सकिने उनी बताउँछन्। उनी भन्छन्, ‘म करीब ५ वर्ष कोरियामा रहँदा बिहान 'अलार्म' लगाएर उठ्ने र मध्यरातसम्म कडा मेहनत गरी फर्केर आएर सुत्नु पर्ने अवस्था थियो। पढ्ने अवस्था हुँदैनथ्यो। अहिले मेरो पढाईलाई पुरानै लयमा फर्काइसकेँ।’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख रहेका उनी प्राविधिक शिक्षामा तीनै तहका सरकारहरूले जोड दिनुपर्ने धारणा राख्छन्। 

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्