• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एकै खालको दुर्घटनामा प्रहरीको दोहोरो भूमिका : भिआइपीलाई संरक्षण, सर्वसाधारणलाई कारबाही

64x64
शेरबहादुर ऐर आइतबार, साउन २५, २०७७  ०७:४२
1140x725
मोटरसाइकललाई ठक्कर दिने बा १ झ ९२५० नम्बरको सरकारी गाडी र जिल्ला प्रहरी कार्यालय धनगढी।

धनगढी-कैलालीमा भएका दुई वटा भिआइपी सवारी दुर्घटनामा प्रहरीको भूमिका दोहोरो देखिएको छ। एउटा सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिकाकुमारी थापा घाइते भइन् भने अर्को दुर्घटनामा सभामुख अर्जुनबहादुर थापाका छोराले चलाएको गाडीका कारण एक स्थानीय गम्भीर घाइते भए।

तर, प्रदेश सभा सदस्य थापा सवार मोटरसाइकललाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ ग¥यो भने सभामुख थापाका छोरा देवेन्द्रलाई संरक्षणमात्र गरेन घटनालाई लुकाउने प्रयाससमेत गर्‍यो। झण्डै एक सातापछिमात्र देवेन्द्र सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना बाहिरियो । 

साउन १७ गते (शनिबार) बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाइकललाई ठक्कर दियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाइते भए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरियो । उनको अहिले पनि नेपालगञ्जमै उपचार भइरहेको छ। दुर्घटनालगत्तै गाडी घटनास्थलमै छोडेर सवार व्यक्तिहरु भागेका थिए।  मोटरसाइकललाई ठक्कर दिने सो गाडी जिल्ला प्रशासन कार्यालय बझाङको थियो।

‘बझाङका सहायक प्रमुख जिल्ला अधिकारी र अनुसन्धानका डीएसपी पनि जिल्ला प्रशासन कार्यालयको गाडीमा सवार थिए । उनीहरु चिसापानी घुम्न गएका थिए,’ प्रहरी स्रोतले भन्यो ‘सो गाडी सभामुख थापाका छोरा देवेन्द्रले चलाइरहेका थिए।’ 

प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन। उल्टै प्रमाण मेटाउने प्रयास गरिएको स्रोतले बतायो। जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्षबीच समझदारी भएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारका लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति भएको बताए।

Ncell 2
Ncell 2

सोही दिन धनगढीमा अर्को सवारी दुर्घटना भएको थियो । दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभाकी सदस्य अम्बिका थापा गम्भीर घाइते भइन् । उनको सुरुमा माया मेट्रो अस्पताल धनगढीमै उपचार भयो। टाउकोमा चोट लागेको भन्दै सोही राति १० बजे स्काई ट्रकमार्फत् उनलाई काठमाडौँ लगियो । धनगढी उपमहानगरपालिका ७ मोतीचोक बस्ने २८ वर्षीय लोकबहादुर बोहराले चलाएको मोटरसाइकलले थापा सवार मोटरसाइकललाई ठक्कर दिएको आरोप थियो ।

सोही आशंकामा बोहरालाई आईतबार कैलाली प्रहरीले पक्राउ गर्‍यो। ‘प्रदेश सासंद थापा पक्षले सम्पूर्ण उपचार खर्चसँगै स्काई ट्रकको भाडासमेत दिनुपर्ने अडान राखेका थिए,’ बोहराका बुवा मेयरसिंह बोहराले भने, ‘हामी गरिबले स्काई ट्रकको भाडा कसरी तिर्न सक्थ्यौं, हामीले स्काई ट्रकमा लैजानु पनि भनेका थिएनौँ । अहिले सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति भएको छ ।’

उनले प्रदेश सासंद थापाको उपचारका लागि ४७ हजार पठाइसकेको बताए । ‘फेरि उपचार खर्च माग्नका लागि फोन आउन थालिसकेको छ। अझै लाखौँ रकम खर्च हुने भनिएको छ । कसरी जोहो गर्ने होला ?’ बोहराले भने।

मानवअधिकारवादीहरुले कानुन सबैका लागि समान हुनुपर्ने धारणा राखेका छन्। ‘कानुन सबैका लागि समान हुनुपर्छ। जो सुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्छ,’ राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकरबहादुर रावलले भने, ‘घटनाको अनुसन्धान गर्ने फरक पाटो हो तर, दोहोरो भूमिका हुनुहुँदैन । एकै प्रवृत्तिका घटनामा कसैलाई पनि विभेद गर्नुहुँदैन।’ 

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्