काठमाडाैं- भारतका पाँच हक्की खेलाडीलाई काेराेना संक्रमण देखिएकाे छ। हक्कीका कप्तान मनप्रित सिंहसहितका खेलाडीमा काेराेना संक्रमण देखिएकाे हाे।
संक्रमित हुनेमा सिंहसहित सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्ण बी पाठक रहेकाे राेयटर्सलाई उदृत गर्दै बिबिसी हिन्दीले लेखेकाे छ।
मनप्रित र सुरेन्द्रमा काेराेनाकाे लक्षण देखिएपछि दर्जन बढी खेलाडीकाे दाहाेर्याएर परीक्षण गरिएकाे थियाे। घरबाट बैंलाेर आउने क्रममा उनीहरूलाई संक्रमण भएकाे हुनसक्ने आशंका गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।