एजेन्सी–भारतमा कोरोना संक्रमणका कारण शुक्रबार एकै दिन ९३७ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय, तमिलनाडुमा १ सय १९, कर्नाटकमा १ सय १, आन्ध्र प्रदेशमा ८९, उत्तरप्रदेशमा ६३, पश्चिम बंगालमा ५२ र दिल्लीमा २३ जनाको मृत्यु भएको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा हालसम्म ४१ हजार ५ सय ८५ को मृत्यु भइसकेको छ।
शुक्रबार २४ घण्टामा ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका छन्। लगातार दोस्रो दिन ६१ हजारभन्दा बढी संक्रमित थपिएका हुन्। भारतमा संक्रमितको कूल संख्या २० लाख २७ हजार ७४ पुगेको छ।
भारतमा शुक्रबार ६ लाख ६४ हजार ९ सय ४९ जनाको कोरोना परीक्षण भएको थियो। हालसम्म प्रति १० लाख जनसंख्यामा १६ हजार ५० जनाको परीक्षण भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।