काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई बधाई दिएका छन्। श्रीलंकामा भएको संसदीय निर्वाचनमा सत्तारुढ श्रीलंका पिपल्स फ्रन्ट (एसएलपीपी) दुई तिहाई स्थानमा विजयी भएको उपलक्ष्यमा ओलीले टेलिफाेन गरी राजापाक्षेलाई बधाई दिएका हुन्।
बिहीबार भएको निर्वाचनमा संसदको २ सय ४५ सिटमध्ये एसएलपीपी १ सय ४५ स्थानमा विजयी भएको छ।
राजापाक्षेले ट्विट गर्दै बधाई तथा शुभकामना दिएकाेमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्। श्रीलंका सधै नेपाली जनताको साथमा रहेकाे उनले बताए।
कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेलाई नेपाल भ्रमणकाे निम्ताे पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।