• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनाले भताभुंग बनाइदिएको रामनारायणको सपना 

64x64
निर्मला घिमिरे शुक्रबार, साउन २३, २०७७  १०:४६
1140x725

काठमाडौं-आकाशे रंगको पुरानो सर्ट। हाफ कट्टु। खुट्टामा चप्पल। अनुहारमा मास्क। बबरमहलमा फलामको रड उचाल्दै गरेका भेटिए सिन्धुलीका रामनारायण धामी। लकडाउनपछि उनले काम पाएको ४ दिनमात्रै भयो। काम सुरु गरेकै दिनदेखि खोकी लागेपछि मास्क लगाएरै खटिएका छन् उनी। 

धामी केही महिना अगाडिसम्म साउदीमा काम गर्थे।  काम राम्रै थियो। घरपरिवारको यादमा उनी बिदा मिलाएर गत पुस १६ गते साउदीबाट नेपाल आए।

उनी फर्किएको केही समयपछि विश्वभरि नै कोरोना महामारी सुरु भयो, जसका कारण उनी साउदी फर्कन पाएनन्। काम पनि गुम्यो। 

‘के गर्नु, कम्पनीले भिसा थपिदिएको भए त जान पाउथेँ। कम्पनीले बोलाउँदै बोलाएन,’ रड उचाल्दै सानो स्वरमा रामनारायणले भने। 
अब वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएर जाने बाटो खुले पनि उनको उमेरले डाँडो काटिसकेको छ। 

‘विदेश जान उमेरले डाँडो काट्यो। देशमा काम पाउन मान्छे चिनेको हुनुपर्ने। के गर्नु हजुर गाह्रो पो छ त। धन्न साथीहरुले ठेकेदार चिनेको भएर यहीँ लेवर काम पाइहालें,’ ४९ वर्षीय रामनारायणले सुनाए।  

विदेशबाट फर्किएर जेठा छोराको विवाह गर्दा उनले कमाएर ल्याएको थोरै रकम त्यसमै खर्च भयो। केही बचेको रकम पनि लकडाउनमा ४ महिना घर बसेर खाँदा सकियो। 

‘हामी दिनभरि काम गरेर बिहान-बेलुका मुखमा माड लगाउने मान्छेलाई लकडाउनले साह्रै गाह्रो पर्‍यो नि,’ उनले भने ।  

परिवारको खर्च धान्ने रामनारायण एक्लै हुन्। घरमा अहिले उनीसहित श्रीमती, छोराहरु, बुहारी, नातिनी गरेर ७ जनाको परिवार छ। अहिले काठमाडौंमा दैनिक १० घण्टा खट्दा ९ सय कमाइ हुन्छ। दैनिक ९ सयका दरले हिसाब गर्दा मासिक २७ हजार। 

Ncell 2
Ncell 2
nimb
nimb

‘काठमाडौंमा खर्च पनि उत्तिकै छ। दिनको ५ सय त आफ्नै लागि खर्च हुन्छ। घरमा कति पो पठाउने,’  विदेशको बाटो बन्द भएपछि देशमै मजदूरी थालेका उनलाई घर खर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलेको छ। 

विदेशबाट फर्किएकालाई सरकारले गाउँमै काम दिन्छ भनेका सुनेका थिए रामनारायणले। तर गाउँमा काम पाएनन्। जसले गर्दा ज्यामी काम गर्न काठमाडौं नै आउनुपर्‍यो। 

‘कुरा त मीठो सुनियो। काम कतै केही पाइएन। पहिलेको जस्तै त रहेछ नि, लेवर काम गर्न काठमाडौं आउनै पर्ने भयो,’ उनी आफैँसँग प्रश्न गर्छन्, ‘काठमाडौंमा खर्च बढी छ । दिनमा १० घण्टा खट्दा ९ सय कमाइ छ। कति खाने, कति बचाउने?’

हुन त उनी साउदी जानुभन्दा अगाडि पनि ज्यामी कामका लागि काठमाडौं नै धाउनुपर्थ्याे। 

सिजनमा उनी खेतबारीमै काम गर्थे। काम नभएका बेलामा दुई छोरा र श्रीमतीलाई घरमै छाडेर मजदूरी गर्न काठमाडौं छिर्थे। ज्यामी काम गरेर दैनिक ४ देखि ५ सय कमाइ गर्थे। कमाइको आधाजति खर्च हुन्थ्यो, बचेको आधा रकमबाट सरसामान लिएर फेरि चाडबाडको समयमा उनी घर फिर्थे।

परदेश गएका उनका दौँतरी र छिमेकीहरु सुकिलोमुकिलो भएर गाउँ फर्कन्थे। जोड–तोडले क्यासेट घन्किएको हुन्थ्यो। क्यासेट बजेको सुनेपछि सबै गाउँलेहरु झ्यालबाट खोलेर परदेशीलाई हेर्न थाल्थे। केटाकेटी र बुढाबुढीहरु परदेशी आएको हेर्नकै लागि गाउँभन्दा माथिको चौतारामा निस्कन्थे। अझ टन्न झोला बोकेका भरियाहरुसहित फर्कँदा त्यो बेला गाउँमा उनीहरुको बेग्लै सान हुन्थ्यो। 

तर रामनारायण गाउँ फर्कँदा न क्यासेट घन्किन्थ्यो न त साथमा भरिया नै हुन्थे। नुन, मसला, तेल, छोराहरु र श्रीमतीका लागि केही लुगाफाटो, यस्तै केही सामानको सानो भारी बोकेर उनी गाउँ फर्कन्थे। त्यसैले त उनी फर्कँदा गाउँलेहरु झ्यालढोकाबाट चिहाउँदैनथे। उनलाई हेर्नकै लागि केटाकेटी र बुढाबुढीहरुको झुण्ड पनि चौतारीमा जम्मा हुन्थेन। 

‘बालुवा र इँटाको भारी बोकेर बल्लतल्ल पैसा जम्मा पारेर जाने म त धुस्रेफुस्रे नै हुन्थेँ। मलाई गाउँले र केटाकेटीले कहाँ पत्याउन् त’, उनले विगत सुनाए। यसो भन्दा उनको अनुहार अलिकता उज्यालो भएको थियो। 

त्यो दृश्यले रामनारायणको मन कटक्क बनाउँथ्यो। यसैले त उनको मनमा पनि साथीभाइले जस्तै गरी विदेशबाट टन्न कमाइ गरेर फर्कने हुट्हुटि पसेको थियो।

‘दुःख गरेपछि कमाइ पनि हुन्छ। एकमुष्ठ कमाएर फर्कँदा कम्ता मज्जा हुन्छ? यहाँ बस्नुभन्दा त बरु परदेश नै ठिक छ,’ साथीहरु पनि यस्तैयस्तै सुनाउँथे । 

तर विदेश जान पनि पैसा हुनुपर्‍यो नि। सम्पतिका नाममा ओतलाग्ने सानो छाप्रो र थोरै खेतबारी थियो। कहिले काठमाडौं त कहिले सिन्धुली धाउँदाधाउँदै १० वर्ष बिताइसकेका रामनारायणसँग विदेश जाने पैसा पनि थिएन। 

‘१० वर्ष ज्यामी काम गर्दा घर खर्च धान्नबाहेक अरु केही जोहो गर्न सकेको थिइनँ। म काठमाडौं धाउन सुरु गर्नुभन्दा निकै पछाडी विदेशिनेहरुले फर्किएर गाउँमा पक्की घर ठड्याइसकेका थिए,’ उनले सुनाए । 

छोराहरु बढ्दै जाँदा खर्च बढेसँगै रामनारायणलाई भने आफ्नो कमाईले घर खर्च धान्नै मुस्किल हुन थालेको थियो। विदेशिने रहरसँगै बाध्यता थपिँदै गएको थियो। त्यसपछि रामनारायण परदेशको बाटो रोज्न बाध्य भएका थिए। 

विदेश जाने भनेपछि साथीहरुले उनलाई ऋण पनि दिने भए। साथीहरुसँग २ लाख ऋण लिएर २०६६ सालमा उनी साउदी उडेका थिए। 
निर्माण (कन्स्ट्रक्सन) कम्पनीमा सेक्युरिटी गार्डको काम थियो। दैनिक ८ घण्टा काममा खट्दा मासिक ७ सय साउदी रियाल (२० हजारभन्दा बढी नेपाली रुपैयाँ) कमाई गर्थे। त्यतिबेलाको समयमा नेपालमा मासिक १२ हजार कमाइ गरिरहेका रामनारायणका लागि त्यहाँको २० हजार पनि निकै ठूलो थियो। अझ ओभरटाइम गर्दा २५ हजारसम्म कमाइ गर्थे। 

काम गरेको ३ वर्षपछि साहुले २ सय बढाएर दैनिक ८ घण्टा काम गरेबापत पारिश्रमिक मासिक ९ सय रियाल बनाइदियो। त्यसले रामनारायणमा केही खुसी थपेको थियो। उनी बिदामा आउने र फेरि फर्कने क्रम चलिरहेको थियो। परदेश बाध्यताबाट बिस्तारै लत नै बन्दै गएको थियो उनलाई।  

‘पछिल्लो समय तलब फेरि बढेको थियो’ उनी भन्छन् ‘साहुले मासिक ११ सय रियाल ९३५ हजार नेपाली रुपैयाँ० बनाइदिएको थियो।’ ओभरटाइम काम गर्दा उनी झण्डै ४५ हजार नेपाली रुपैयाँ मासिक कमाइ गर्ने भइसकेका थिए। साउदीकै कमाइले उनले छोराहरु पढाए। साथीहरुले जस्तै गाउँमा पक्की घर पनि ठड्याइसकेका छन्। 

‘छोराहरुले त राम्रोसँग पढेनन्। एउटाले एसएलसीमा फेल भयो, अर्कोले एसएलसीसम्म पढ्यो। काम पनि केही गरेनन् तर विदेशको उपलब्धी गाउँमा घरचाहिँ बनाएँ,’ सफलताको कथा सुनाउँदै गर्दा मास्कको बाहिरैबाट रामनारायणको मुहारमा छाएको खुसीको धर्सो देख्न सकिन्थ्यो। 

उनको काम त्यति गाह्रो पनि थिएन । कार्यस्थलमा मान्छे र गाडीहरु आउँदा–जाँदा गेट खोल्ने र बन्द गर्ने गर्नुपर्थ्याे। त्यही 
काम गरेर साउदीमा ११ वर्ष बिताएका रामनारायणको रोजगारी कोरोनाले खोसिदियो ।  

कम्पनीले बोलाएसम्म उनलाई साउदी नै गएर काम गर्ने सोच थियो। अझै केही वर्ष कम्पनीले भिसा थपिदिएको भए त बैंकमा थोरै भए पनि पैसा जम्मा गर्ने र गाउँमै फर्किएर केही गर्ने सपना थियो रामनारायणको। तर उनको सपना कोरोनाले भताभुङ्ग बनाइ दियो। 


 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्