बैतडी-बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ४ मा घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
गएराति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको हो । १६ वर्षीय सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा पुरेको छ ।
घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएकाे प्रहरीले जनाएको छ। मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।