एजेन्सी–भारतमा कोरोना संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। बिहीबार २४ घण्टामा ६२ हजार ९९ संक्रमित थपिएका छन्। एक दिनमा नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै रेकर्ड हो।
योसँगै भारतमा संक्रमितको संख्या २० लाख २५ हजार ३ सय ३८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा भारतमा कूल संक्रमितको संख्या १९ लाख ६४ हजार ५ सय ३६ छ। यसअघि ३१ जुलाईका दिन ५७ हजार ४ सय ८६ संक्रमित थपिएका थिए। भारतमा ६ लाख ७ हजार १ सय ३० संक्रमितको उपचार भइरहेको छ भने १३ लाखभन्दा बढी निको भइसकेका छन्। बिहीबार ८ सय ९९जनाको मृत्यु भएको थियो। भारतमा अहिलेसम्म ४० हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ।
भारतमा पछिल्लो २१ दिनमा मात्रै १० लाख संक्रमित थपिएका छन्। यसअघि १ लाखबाट १० लाख संक्रमित पुग्न १ सय ६९ दिन लागेको छ। भारतका संक्रमितको संख्या बढ्ने दर अमेरिका र ब्राजिलसरह भएको छ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ७९ हजार ७ सय ७९ पुगेको छ भने १६ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।