काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कोरोना भाइरस संक्रमणबाट नेपालमा हालसम्म ६५ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ८७ जनासहित बिहीबार थप ३६० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ७५० पुग्यो
२) दियालो बंगलाको ६ बिगाह जग्गामा यती ग्रुपको रजाईँ, तिरेन सरकारकालाई सम्झौता अनुसारको साढे ८२ लाख भाडा, जरिवानासहित असुल गर्न महालेखाको निर्देशन
३) लकडाउनकै बीच महँगियो भान्सा, दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि ३० प्रतिशतसम्म बढ्यो, चामलमा प्रतिबोरा १ सयदेखि १ सय ५० रुपैयाँसम्म मूल्य वृद्धि
४) चीनमा हत्याको अभियोग लागेका व्यक्ति २७ वर्ष जेल बसेपछि निर्दोष प्रमाणित, जाङ युख्वान नै चीनमा विनाअपराध अहिलेसम्म सबैभन्दा लामो समय थुनामा बस्ने व्यक्ति
५) र, म्यानचेस्टर युनाइटेड युरोपा लिग क्वार्टरफाइनलमा, अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडद्वारा अस्ट्रियन क्लब लास्क २–१ गोल अन्तरले पराजित, क्वार्टरफाइनल खेलमा एफसी कोपनहेगनसँग खेल्ने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।