काठमाडौं-भूकम्पका कारण क्षति भएको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। रानीपोखरी मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिरबाहेक अन्य संरचना निर्माणको काम लगभग सकिएको छ। पोखरी निर्माणकाे काम सकिएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीमा पानी भर्न थालेको छ।
पोखरीमा अहिले आकाशेपानी जम्मा गर्न सुरु गरिएकाे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भनाइ छ। उनले पोखरी भर्ने काममा पहिलो प्राथमिकता आकाशे पानी नै हुने जानकारी दिए।
आकाशे पानीबाट पोखरी भर्न नसकिने अवस्थामा मात्रै दरबार हाइस्कूल, त्रिचन्द्र कलेज लगायतका क्षेत्रबाट पानी हार्भेष्टिङ गर्ने तयारी भएको उनले बताए। त्यसपछिको विकल्पमा मात्र इनार, डिप बोरिङ र मेलम्चीको पानी राख्ने योजना बनाएकाे ज्ञवाली बताउँछन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।