एजेन्सी–भारतमा कोरोना संक्रमण झन् तीव्र भइरहेको छ। बुधबार २४ घण्टामा भारतमा ५६ हजार ६ सय २६ नयाँ संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कूल संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ।
भारतमा निको हुनेको संख्या १३ लाख २७ हजार २ सय छ। बुधबार ४५ हजार ५ सय ४० जना निको भएर घर फर्किएका थिए। बुधबार २४ घण्टामा भारतमा ९ सय १९ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ३९ हजार ७ सय ९५ को मृत्यु भइसकेको छ।
महाराष्ट्रमा १० हजार ३ सय ९ र आन्ध्र प्रदेशमा १० हजार १ सय २८ संक्रमित थपिएका छन्। बुधबारमात्र महाराष्ट्रमा ३ सय ३४ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा ४ लाख ५७ हजारभन्दा बढी संक्रमित भइसकेका छन्, जसमा १० हजारभन्दा बढी प्रहरी छन्। डाक्टरहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।