काठमाडौं–सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। पास लिएका सर्वसाधारणसमेत प्रवेश गर्न पाएका छैनन् भने सूचना विभागको परिचयपत्र लिएर गएका पत्रकारलाई पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाका कारण अतिआवश्यक काम लिएर आएका र सूचना विभागको परिचयपत्र भएका पत्रकारबाहेक अन्यलाई प्रवेशमा कडाइ गरिएको बताए।
‘अति आवश्यक काम भएकालाई प्रवेशमा कडाइ गरिएको छैन,’ प्रबक्त्ता बुढाले भने, ‘सूचना विभागको कार्ड भएकालाई पनि प्रवेश गर्न रोक छैन। केही कम्युनिकेशन ग्याप भएर होला, अन्यथा कार्ड भएका पत्रकारलाई रोकतोक छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।