नयाँ दिल्ली- भारतमा काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ।
भारतकाे संघीय स्वास्थ्य मन्त्रालयका मन्त्रालयका सचिव राजेश भूषणले मंगलबार सार्वजनिक गरेकाे तथ्याङ्क साे उल्लेख छ। उनले भने, 'कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा माथि ६० वा सोभन्दा माथिको उमेर समूहका व्यक्ति रहेका छन् भने ३७ प्रतिशतभन्दा बढी ४५–६० वर्ष उमेर समूहका सङ्क्रमित रहेका छन्। त्यस्तै २६–४४ वर्ष उमेर समूहका ११ प्रतिशत र १८–२५ एक प्रतिशत र १८ वर्ष मुनिका एक प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।'
उनका अनुसार सङ्क्रमित मृतकहरूमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला बिरामी रहेका छन्। जुन विश्वव्यापी परिदृश्यसँग मिल्दोजुल्दो छ। भूषणका अनुसार अहिलेको मृत्यु दर पहिलो लकडाउनपछि सबैभन्दा निम्न रहेको छ ।
भारतमा दुई करोडभन्दा बढीको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको छ। लकडाउनपछि पहिलो पटक मृत्युदर २.१० प्रतिशत अर्थात् सबैभन्दा कममा झरेको र यसलाई राम्रो सङ्केतका रूपमा मन्त्रालयले लिएको उनले बताए।
भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४५ पुगेकाे छ भने १२ लाख ३० हजार ५ सय ९ जना निकाे भएका छन्। बुधबार बिहानसम्म भारतमा ३८ हजार ९ सय ३८ जना काेराेना सङ्क्रमितकाे मृत्यु भएकाे छ।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।