काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) लकडाउन नगर्न तर जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई अधिकांश जनस्वास्थ्यविद्को सुझाव, अस्पतालहरूमा आइसियू र भेन्टिलेटरको संख्या बढाउन आग्रह
२) काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, उपत्यकामा मात्रै ७२७ पुगे संक्रमित, मंगलबार देशभर थपिएका २५९ जनासहित संक्रमितको संख्या २१ हजार ९ पुग्यो
३) डेढ दशकपछि नेपालमै अन्तःशुल्क स्टिकर छापिँदै, जनक शिक्षाले वार्षिक एक अर्ब थान स्टिकर छपाइ गर्ने, गुणस्तरमा विभागलाई नै छ्रैन विश्वास
४) भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्वराजा कार्लोसले गरे देश छाड्ने घोषणा, अनुसन्धानका लागि आवश्यक परे आफू उपलब्ध हुने जानकारी
५) र, फुटबलमा नयाँ नियम ः मैदानमा खेलाडीले अर्का खेलाडी वा अफिसियलका अगाडि जानिजानी खोकिरहे रेड कार्ड, अपमान र गालीगलौजका शब्द बोलिने र संकेत देखाउने नियममा समावेश
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।