काठमाडौं– ठुलो मात्रामा वन्यजन्तुका अंगसहित एक युवक पक्राउ परेका छ। ललितपुरका सुकराज नगरकोटीलाई प्रहरीले विभिन्न किमिसका वन्यजन्तुका अंगसहित ललितपुरबाट आइतबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग, बलम्बुकी इन्सपेक्टर शर्मिला गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। सतुंगलदेखि पिछा गरी ललितपुरको बाँडेगाउँस्थित घरमा गएर वन्यजन्तुका अंगहरु बरामद गरेको हो।
उनको घरबाट सालकको खपटा, मृगको रौं, स्यालको रौं, मृगको सिङको टुक्रा, बाघको छाला १÷१ वटा अन्य यकिन नभएका जनावरको ३ वटा छाला बरामद गरेको छ।
गोदाम नै जस्तो गरी उनले आफ्नो घरमा वन्यजन्तुका अंग राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।