एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ८१ लाख ८५ हजार १५ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म ६ लाख ९१ हजार ३ सय ३ जनाको मृत्यु भइसकेको छ भने १ करोड ८ लाख ३५ हजार ७ सय ८९ जना निको भएका छन्।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४७ लाख ११ हजार ३ सय २३ पुगेको छ भने १ लाख ५५ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ संक्रमित र ९४ हजार १ सय ४ मृत्यु, भारतमा १८ लाख ३ हजार ६ सय ९५ संक्रमित र ३८ हजार १ सय ३५ मृत्यु तथा रुसमा ८ लाख ५४ हजार ६ सय ४१ संक्रमित र १४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ। यस्तै, मेक्सिकोमा ४ लाख ३९ हजार ४६ संक्रमित र ४७ हजार ७ सय ४६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।