काठमाडौं- मिलापत्रमा किर्ते गरेको पाइएपछि ललितपुर जिल्ला बार इकाइका सदस्य रहेका अधिवक्ता पुण्यप्रसाद गौतमको लाइसेन्स खारेज भएको छ।
नेपाल कानुन व्यवसायी परिषद्को अनुशसन समितिले सोमबार गौतमको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। गौतम सर्वोच्च अदालतबाटै किर्तेमा दोषी ठहर भएका थिए।
एक मिलापत्रमा किर्ते गरेको पाइएपछि अनुशासन समितिले उनको अविधक्ता भएर प्राप्त गरेको प्रमाणपत्र खारेज गरेको हो। नैतिक पतनदेखि नै फौजदारी कसुर गरेको ठहर भएकाले उनको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरिएको अनुशासन समितिका सदस्य बोर्णबहादुर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।